सुवेदी दम्पत्तीद्वारा भूकम्प पिडितलाई २५ लाख नगद सहयोग

जाजरकोट,
मंसिर ८ ।

नेपालको सामाजिक सेवामा उल्लेख्य योगदान दिँदै आउनुभएका मनकारी समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा सञ्चालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड टाभल्सले नेपालको सुदुर पश्चिममा हालै गएको विनाशकारी भूकम्प पिडितहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । सुवेदीले नेपालको विकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भूकम्पका कारण निधन भएका प्रति व्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई पाँचदेखि आठ हजारका दरले स्वयं उपस्थिती भई पिडित परिवारहरूलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

त्यसो त उहाँहरूले अमेरिकामा नै बसेर सहयोग गर्ने रकम सिधै प्रधानमन्त्री राहत कोषमार्फत नै जम्मा गरिदिन पनि सक्नुहुन्थ्यो तर परिवारको चाहना अनुसार पिडित परिवारमा सहानुभुती र पिडितलाई जति सक्दो आफ्नो तर्फबाट थप के कस्ता सहयोग गर्न सकिन्छ भन्ने हेतु हतारिदै आएर विनाशकारी भुकम्पस्थल पुगी नगद हस्तान्तरण गर्नुभयो ।

परोपकारी मनका धनी मेघ सुवेदीलाई साथ दिन पुग्नुभयो रङ्ग पत्रकार प्रकाश सुवेदी वरिष्ठ चलचित्रकर्मी छविराज ओझा, संस्थाका नेपाल प्रतिनिधी एवम् नायक संजित भण्डारी, पत्रकार तथा समाजसेवी राज लुइटेल, निर्माता निर्देशक शंकर घिमिरे, समाजसेवी मोहन थापा, चलचित्र पत्रकार अनुप भटराई, निशा बजगाईं, रचना गौतम, पत्रकार कोमलचन्द्र भगवत, कुबेर तमाङ, मोहमद् जालिम, कलाकार सम्राट थापा तथा पत्रकार हरिहर सिंह राथोर । नगद वितरण कार्यक्रममा वास्तविक भूकम्प पिडित र सत्य तथ्य विवरण उपलव्ध गराउने तथा समन्वयनकारी कार्यका लागि समाजसेवी नरबहादुर कार्कीले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

नगद वितरण कार्यक्रममा सहभागी हुने व्यक्तित्वहरूले विदेशी भूमिमा रहेर पनि स्वदेशमा आवश्यक परेको वेला पिडितको आवश्यकता अनुसार सहयोगका लागि तत्कालै नेपाल आई भूकम्प पिडितलाई राहत प्रदान गरेकोमा समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद दिएका थिए ।

यसैगरी भूकम्प प्रभावित क्षेत्रका स्थानिय तथा पिडितहरूले सरकार र दलका नेताले आएर मुख मात्र देखाएर गईरहदा विदेशमा वसेका सुवेदीले आएर यसरी नगदै राहत सहयोग गरेकामा भगवान नै आएर मलम लगाएको महुशस भएको कुरा बताएका थिए ।

व्यक्तिगत रुपमै घाईते र मृतक व्यक्तिलाई यसरी स्वयं उपस्थिती भई उनीहरूको घाउमा मलम लगाउन सात समुन्द्र पारीदेखि आएर यसरी सहयोग गरेको देख्दा आफूहरू सुवेदी दम्पती प्रति निकै प्रभावित भएको सञ्चारकर्मी सुवेदीले बताउनुभयो । यस्तै, निर्माता निर्देशक छविराज ओझाले व्यक्तिगत रुपमै ठूलो रकम यसरी पिडितलाई सहयोगगर्नु सुवेदी दम्पत्तीको महानतादेखि आफू निकै भावुक भएको सुनाउनुभयो ।

नायक संजित भण्डारीका अनुसार समाजसेवी सुवेदी दम्पत्तीका छोरीहरू सेजल र सिस्टरले आफ्नो खाजाको लागि छुटाइएको रकम सङ्कलन गरि नेपालमा दुःखी र असाहयलाई सहयोग गर्दै आइनरहनुभएको छ ।

यसो त सुवेदी दम्पती नेपालमा हुने विभिन्न दैवी प्रकोपमा परेका पिडितहरूको मात्र नभइ नियमित रुपमै दुःख कष्ट भोगेका जनताको दुःखमा जोडिदै आउनुभएको छ ।

सुवेदी दम्पतीले झापा जिल्लाका विभिन्न स्थानमा निःशूल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आईरहनु भएको छ । झापाकै बेलडांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरूलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आइरहनु भएको छ ।

ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओसमेत रहनुभएका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आईरहेको छ ।

उहाँले हालै मात्र पर्सा र नवलपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो भने स्नेही काखलाई भवन निर्माणका लागि २१ लाख भन्दा वढि आर्थिक सहयोगदेखि लकडाउनको समयमा देशका विभिन्न स्थानमा दैनिक खाना वितरण र मेलम्ची वाढी पिडितका लागि आवश्यक सहयोग गर्दै आइरहनु भएको छ ।

ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओसमेत रहनुभएका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आइरहनु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार