नुवाकोट क्याम्पसको कक्षाकोठा भवन निर्माण आरम्भ

नुवाकोट,
कात्तिक २० ।

नुवाकोट क्याम्पसको कक्षाकोठा भवन निर्माण आरम्भ गरिएको छ । उक्त भवन निर्माणको आरम्भ एक कार्यमबीच वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले गर्नुभएको हो । उक्त भवन विश्वविद्यालय अनुदान आयोगको भौतिक विकास अनुदान अन्तरगत छनोट भई नेपाल सरकारको खरीद ऐन अनुसार निर्माण प्रक्रिया अघि बढेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लामाले प्रादेशिक विश्वबिद्यालयको अवधाराणा रहेको र निकट भविष्यमा नै प्रादेशिक विश्वविद्यालयको रुपमा स्थापित गर्नका लागि आवश्यक पहल गर्नुका साथै क्याम्पसको समग्र विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

सोही क्रममा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पसको समग्र बिकासमा विश्वविद्यालय अनुदान आयोगको योगदानको चर्चा गर्नुहुँदै प्रि भिजिटले दिएका सुझावहरू सवै पूरा भई सकेकोले क्याम्पसलाई छिटो नै गुणस्तरीय सुनिश्चितता प्रत्यायन (क्यू ए ए) प्रमाणिकरण सम्पन्नहुने विश्वास ब्यक्त गर्नुभयो । क्याम्पसलाई एउटा गुणस्तरीय शैक्षिक थलोको रुपमा बिकास गर्न र बिद्यार्थीलाई अध्ययनसँगै कामको पनि ब्यवस्था गर्ने योजना रहेको र क्याम्पसको भौतिकलगायत समग्र बिकासमा विभिन्न निकायसँग समन्वय गरी कार्य गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथी नेपाली कांग्रेसका उपसभापती राजु थापाले क्याम्पसको समग्र शैक्षिक बिकासमा सवैपक्ष एकजुट लाग्न र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सभाका सदस्य बिन्दा अर्यालले बिद्यार्थीलाई क्याम्पसमा टिकाउन र क्याम्पस छोड्ने दरलाई घटाउनका लागि शैक्षिक गुणस्तर अभिवृद्धिका साथै नयाँ विषयहरू गर्न सुझाव दिनुभयो ।

क्याम्पस प्रमुख नारायणमान डंगोलले क्याम्पसको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि आवश्यक कार्य गरिरहेको जानकारी गराउनुभयो । उहाँले क्याम्पसको भौतिक विकासमा प्रदेशको योगदान रहेकोले केही अधुरा कार्यहरू सम्पन्न गर्नका लागि प्रदेश सरकारको ध्यानआकर्षण गराउनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार