काठमाडौं,
कात्तिक ९ ।
आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।
विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज तेस्रो दिन पनि टीका लगाइँदैछ ।
दशैँ मनाउन गाउँ गएकाहरू काठमाडौं फर्कन थालेका छन् । योसँगै केही दिनदेखि सुनसान देखिएको काठमाडौँ उपत्यकामा फेरि चहलपहल शुरू भएको छ ।






