डा. रजनी ढकालको ‘मुस्कानको रङ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भदौ २९ ।

साहित्यकार डा. रजनी ढकालको नयाँ गीत ‘मुस्कानको रङ’ सार्वजनिक भएको छ । गीतको लिरिकल भिडियो ‘असिम ढकाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । शान्तिराम राईको सङ्गीत र देवेश राईको सङ्गीत संयोजन रहेको गीतमा असिम ढकालको स्वर रहेको छ ।

त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापकसमेत रहनुभएकी डा. ढकालको ‘लयको खोजीमा’ र ‘हत्केलामा असार उमारेर’ (निवन्धसङग्रह) ‘रङ्गहरूमा जिन्दगी’ (कवितासङ्ग्रह), ‘हृदयका गीतहरू’ (गीतसङ्ग्रह) प्रकाशित छन् भने ‘पत्रैपत्र’ उपन्यासको सहलेखन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार