सिन्धुपाल्चोक,
भदौ २१ ।
सिन्धुपाल्चोक जिल्ला हेलम्बुको पर्यटन प्रवर्द्धन साथै राजधानीका लागि थप खानेपानीको साथसाथै हेलम्बु अम्बाथानबाट पाँचपोखरी थाङ्पाल गाउँपालिकाको याङ्रीसम्म नौ किलोमिटर सुरुङ मार्गको अवधारणा हेलम्बु गाउँपालिका प्रमुखद्वारा मेलम्ची खानेपानी विकास समितिको बोर्डमा प्रस्ताव भएको छ । यस बारे मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयसमेत सकारात्मक रहेको पालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभएको छ ।






