भृकुटीमण्डपमा बृहत् जनचेतनामूलक साँस्कृतिक महोत्सव हुँदै

काठमाडौं,
भदौ ११ ।

लोक तथा दोहोरी गायक नवीन पौडेल भृकुटीमण्डपको खुल्ला चौरमा बृहत् जनचेतनामूलक साँस्कृतिक महोत्सव २०८० आयोजना गर्ने हुनुभएको छ । गायक पौडेलले संचालन गर्ने स्वीकृति इभेन्ट म्यानेजमेन्टले भाद्र १६ गते शनिबार आयोजना हुने महोत्सवको सह-आयोजकहरूमा राष्ट्रिय स्वास्थ्य कोष, नेपाल होस्टेल एसोसिएसन अफ काठमाडौं, लायन्स क्लब अफ काठमाडौं भिक्ट्री, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल काभ्रेपलान्चोक जिल्ला समिति, सखी प्रतिष्ठान, राष्ट्रिय लोक संस्कृती संरक्षण प्रतिष्ठान नेपाल रहेका छन् ।

कार्यक्रममा करिब चार सय जना चर्चित एवम् लोकप्रिय कलाकारहरू र करिब पाँच हजार भन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अपेक्षा छ । सो अबसरमा तिलगंगा आँखा अस्पतालका डाक्टरहरूबाट निःशुल्क आँखा शिबिर, कान्तिपुर डेन्टल कलेज र समाज डेन्टल कलेजबाट निःशुल्क दन्त शिबिर एवम् रक्तदान कार्यक्रमसमेत सञ्चालन हुनेछन् ।

विभिन्न झाँकीसहित प्रस्तुत हुने कार्यक्रममा जनचेतनामूलक सडक नाटक, विषयबस्तुहरूमा आधारित दोहोरी, झाँक्री प्रस्तुतिसमेत रहने जनाइएको छ । लागूपदार्थ दुर्ब्यशन, सर्ने नसर्ने रोगहरू, सामाजिक सञ्जालको दुरुपयोग, सुर्तीजन्य पदार्थको नियन्त्रण, भ्रष्टाचार, सडक सुरक्षा, लैङ्गिक हिंसा एवम् सुरक्षित बैदेशिक रोजगार सम्बन्धि जनचेतनामूलक सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रममा रहनेछन् ।

आयोजक संस्थाका अध्यक्ष एवम् महोत्सवका संयोजक गायक नवीन पौडेलका अनुसार गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, किर्तिपुर नगरपालिकाले सहकार्य गरेका छन् ।

त्यसैगरी गरिमा विकास बैंक, नेपाल टेलिकम, राष्ट्रिय बाणिज्य बैंक, कामना सेवा बिकास बैंक, भूगर्भ सिमेन्ट, ज्योती प्लाई, सुधार गृहहरूको छाता संगठन एफ डिडी आर, रिकभरि नेपाल, रोयल सुज, ग्रीन सिटी हस्पिटल, कान्तिपुर डेन्टल हस्पिटल, समाज डेन्टल हस्पिटल, भ्वाइस अफ चिल्ड्रेन, नमस्ते रोधी नाचघर बाफल, नगरकोट दोहोरी साँझ, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड , क्विन रोधिघर, दरबार रोधिघर, स्काइ पार्टी प्यालेस, विनायक हस्पिटल, गोधुली बैंक्वेट, स्टार अटो केयर,स्टार पार्टी प्यालेस, एन सि एग्रो टेक प्राली लगायतका संस्थाहरुको सहयोगमा यो जनचेतनामूलक कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार