पुजन काफ्लेको स्वरमा ‘ए आमा गाउँदै नाच्ने हो’ (भिडियोसहित)

काठमाडौं,
भदौ ४ ।

पुजन काफ्लेको स्वरमा रहेको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक भएको छ । गायिका काफ्लेकै शब्द र आरसी रिमालको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=2nbGWA6EYz8&t=59s

शेरबहादुर डिसीको निर्देशन र शिवन पोखरेलको नृत्य निर्देशन रहेको भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एञ्जल काफ्ले, तारा लामा, उषा काफ्लेलगायत कलाकारले अभिनय छ ।

सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टि थापामगरको मेकअप एण्ड हेयर रहेको गीतको भिडियो गायिका काफ्लेकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार