काठमाडौं,
असार १५ ।
ज्योति साहित्य प्रतिष्ठानको १९९औं चिया कविता शृंखला सम्पन्न भएको छ । काठमाडौंमा विश्व कवि प्राध्यापक तुलसी दिवसको प्रमुख अतिथ्यमा भएको कार्यक्रमा शैलेन्द्र साकार, प्राडा. भरतकुमार भट्टराई, अभय श्रेष्ठ, सुनिता अधिकारी, रविन्द्र आशिष ‘शैली’, राजबाबु श्रेष्ठ ‘सागर’, संगीता सारथि, नानीमैयाँ अधिकारी, कृष्णबहादुर विष्ट, बुद्धिमान महर्जनले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा क्याफे केटिएम हाइट्सका मार्केटिङ म्यानेजर केदारराजा आरनले साहित्यिक कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुँदै भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन राजबाबु श्रेष्ठ सागरले गर्नुभएको थियो ।






