कविता : एक नै सत्यसामु

✍️ हरिभक्त सिग्देल ‘महेश’
काठमाडौं,
असार १५ ।

अल्लाह र यता यशु, वुद्ध जैन वहाइ यी
कोटिस्थ देव तेत्तीस साथ पाञ्चायनी ध्वनि ।
एकमा छन् सबै एक प्रकृति भित्र पर्दछ
एकमात्र छ यो सत्य सृष्टि सम्पूर्ण झर्दछ ।।

एक नमन यो मात्र जताततै तिमी तिमी
सर्वरूप छ यो यौटा नाम रूप तिमी तिमी !
गाउँ ठाउँ सबै क्षेत्र नाम रूप अनेकमा
सत्य परम यो तिम्रो तिमी नै छौ हरेकमा ।।

नाम काम धर्म हेर्दा भिन्नझैँ अझ देखिने
ग्रन्थहरू अनेकौँ छन् धेरै भनेर लेखिने ।
जल्ले जे नै भनुन् पुज्न लेखुन् अन्तर दृष्टिले
एकै सत्य सबै देव प्रणाम हुन्छ भित्रिने ।।

यसमा तपाइको मत

अन्य समाचार