काठमाडौं,
असार १३ ।
प्रतनिधिसभाबाट बजेट बहुमतले पारित भएको छ । विनियोजन विधेयक मत विभाजनबाट पारित गरिएको हो । बजेटको पक्षमा मत १४७ आयो भने विपक्षमा १०८ मत पर्यो ।
आजको (बुधबार) बैठकमा २७५ सांसदमध्ये २० जना अनुपस्थित थिए । आज २५५ सांसद मात्र उपस्थित थिए । उपस्थित सांसदमध्ये कोही पनि तटस्थ बसेनन् ।
सरकारले करका दर समेटिएको आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रील आजै संसद्मा राख्नुभएको छ ।
आर्थिक विधेयक, राष्ट्र ऋणसम्बन्धीसहितका आश्रित विधेयक पारित भएपछि मात्र पूर्ण बजेट पारित भएको मानिन्छ ।






