काठमाडौं,
असार ७ ।
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफनो पहिलो बार्षिकोत्सव मनाउँदैछ। सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ । उक्त चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संबैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।
सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुने जनाएको छ ।






