जेठ १९ दरबार हत्याकाण्ड भएको दिन, घटना अझै रहस्यको गर्भमै

काठमाडौं,
जेठ १९ ।

२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी उहाँको परिवारको हत्या भएको थियो । उक्त हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई छानविन समितिले मुख्य दोषी देखाएको थियो । तर, जनमानसले अहिलेसम्म त्यसलाई स्विकार गरेको भने पाईदैन ।

उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरू शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरी १० जनाको हत्या भएको थियो ।

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

यसमा तपाइको मत

अन्य समाचार