काठमाडौं,
जेठ १६ ।
पिम नेपाल चलचित्र महोत्सव २०२२को लागि आवेदन खुला गरिएको छ । आगामी असार १३ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुन गइरहेको पाँचौं संस्करणको फिल्म फेष्टिवलका आवेदन खुला गरिएको आयोजक समितिले जनाएको छ । चलचित्र, बृत्तचित्र तथा लघुचलचित्रलगायतले विभिन्न विधामा आवेदन फारम भर्न सक्ने बताइएको छ । आवेदन दिने अन्तिम मिति २०८० को असार असार ७ गतेसम्म रहेको आयोजक समितिको अध्यक्ष कमला जोशीले जानकारी गराउनुभयो ।
नेपालमा बोलिने विभिन्न भाषामा बनेका चलचित्र, बृत्तचित्र र लघुचलचित्रले महोत्सवमा सहभागिता जनाउन पाउने भएका छन् । नेपाली चलचित्र, कला संस्कृति तथा पर्यटन प्रवद्र्धन तथा संबद्र्धनको गर्ने उद्देश्यले सन् २०१८ देखि पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले यस महोत्सव गर्दै आएको संस्थाका अध्यक्ष माधब राज खरेलले बताउनुभयो ।
पिम नेपाल चलचित्र महोत्सवमा नेपाली चलचित्र एवं विभिन्न भाषाभाषीका चलचित्रतर्फ निर्देशक, लेखक, नायकरनायिकाको लगायतको प्रतिस्पर्धा हुनेछ भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार, सामाजिक उत्तरदायित्वलगायत विषयमा प्रतिस्पर्धा हुनेछ जसमा निर्देशक, लेखक, स्वरांकन, छायांकारलगायत रहनेछन् । त्यस्तै लघु चलचित्रतर्फ निर्देशक र नायक/नायिकाको प्रतिस्पर्धा हुने र विजेतालाई अवार्डसमेत प्रदान गरिने आयोजकले बताएको छ ।






