✍️ शंकर सेडाई
तिमिले तिम्रो ती हासो मलाई दियौ र त म हास्न सिके
तिमिले बाच्न छोडेका ती जीवन मलाई दियौ र त म बाच्न सिके
खुलेआम ती पैतालाले धुलो टेक्थ्यौ, ती उडेका धुलो देखे र त म यो संसारमा निर्धक्क नाच्न सिके
लगाएका ती फरीयाको सप्को ले मेरो मुहार पुछी दिन्थेउ र त म चम्किलो हुन सिके
तिमी रात भरी अनिदो भएर मलाई निन्द्रा दियौ र त म ढुक्क हुन सिके
कहिले भोको बसि दिन्थ्यौ, कहिले खुशी नै लुकाई दिन्थ्यौः
कहिले बुझाई दिन्थ्यौ त कहिले आफै बुझी दिन्थ्यौः
कहिले समाई दिन्थ्यौ त,कहिले अगाडि बढाईदिन्थ्यौः
कहिले धर्म सिकाई दिन्थ्यौ त कहिले कर्म देखाई दिन्थ्यौः
कहिले लिगेनौ मात्र हरेक समय केही न केही दिन्थ्यौ
त्यसैले त तिमिले दिएका ई हरेक कुराले म पुर्ण रुपमा धनी भएको छु
न त कसैलाई दिनै पर्छ न त कसैले लिन नै सक्छ आमा ।
म पुर्ण रुपम म भएको छु ।
हो आमा म ‘म’ भएको छु ।
माया, मान अनि म मात्र तिमिबाट सुरु हुन्छ र त अहिले म भएको छु।
आमा म ‘म’ भएको छु।।।
(आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशीको सम्पुर्ण आमाहरूमा हृदय देखि नै नमन तथा धेरै धेरै शुभकामना )






