काठमाडौं,
वैशाख ३ ।
गीतकार प्रकाशदीप श्रेष्ठको शब्द रचना तथा गायिका बुनु श्रेष्ठको स्वरमा रहेको नेपाल भाषाको गीत ‘बहनिया मिला’ सार्वजनिक भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।
सङ्गीतकार निल शाक्यको सङ्गीत सिर्जना रहेको उक्त गीतमा भूपेन्द्र बज्राचार्यको सङ्गीत संयोजन रहेको छ भने उक्त गीतलाई साउण्ड ईन्जिनियर महेश्वरमान राज भण्डारीले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ ।
गोकर्ण फोरेष्ट रिसोर्टमा छायाँकन गरिएकोे प्रेमकथामा आधारीत म्युजिक भिडियोमा मोडल गायिका बुनु श्रेष्ठ र नायक धिरेन शाक्यको अभिनय छ । उत्तम हुमागाईको छायांकन रहेको भिडियोमा प्रेम रसाईलीको नृत्य निर्देशन एवम् विकास धमलाको सम्पादन छ ।
प्रेम अनुभूति झल्कने उक्त गीतमा एक युवतीको आफ्नो प्रेमी प्रतिको विश्वासको भावलाई दर्शाईएको छ । भिडियो स्टुडियो साउण्ड मिल नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






