काठमाडौं,
वैशाख १ ।
नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीमा सम्पन्न मिस लिटील नेवा: ११४३ प्रतियोगितामा सुज्योति डंगोलले मूख्य उपाधि चुम्नुभएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभुती विद्या मन्दिरको कक्षा ९ मा अध्ययनरत डंगोलले पुरस्कारवापत २५ हजार रुपियाँ प्राप्त गर्नुभउको छ भने प्रमूख उपाधिका साथ उहाँ मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपउपाधि विजेता पनि हुनुभयो । त्यसैगरी पुष्पसदन बोर्डिङ हाई स्कुलको कक्षा आठमा अध्ययनरत सफिना श्रेष्ठ फस्ट तथा खोप्रिङ इग्लिस एकेडेमीको कक्षा ७ की ग्रीष्मा राजचल सेकेन्ड रनर्सअपका साथमा तस्वीर मिसि फोटोजेनिक उपाधि विजेता हुनुभएको छ । फस्ट र सेकेन्ड रनर्सअपले पुरस्कार वापत क्रमशः १५ र १० हजार रुपियाँ नगद प्राप्त गरेका छन् ।
रोटेरियन, पूर्व प्रमुख इतिहास विभाग एसोसिएटेड प्रोफेसर डा. बिमला शाक्यको सभापतित्व तथा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अनिका महर्जन मिस ट्यालेन्टेड र मिस डिसिप्लेन, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदान्सी डंगोल सोसियल वेलफेयर एम्बेस्डर चिफ, नीभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, विमिशा डंगोल वेष्ट नेपाल भाषा, लुन्जला महर्जन बेस्ट ड्रेस र मिस ट्यालेन्टेड फस्ट रनर्सअप, लुमना महर्जन वेष्ट नेपाल भाषा फस्ट रनर्सअप र मिस फ्रेन्डसिप, रुही महर्जन वेस्ट नेपाल भाषा सेकेन्ड रनर्सअप, इच्छा महर्जन मिस कल्चर, सुहिना श्रेष्ठ मिस पब्लिक च्वाईस, प्राज्ना महर्जन मिस पर्सनालिटी र मिस चार्मिङ, मुखु महर्जन वेस्ट हेयर, विपश्वी मानन्धर वेस्ट स्कीन र नुजला सिंह महर्जन मिस इलिजेन्ट उपाधि विजेता हुनुभएको छ । नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार बालिकाहरूमा अन्र्तनिहीन प्रतिभा प्रदर्शन गर्न तथा उनीहरूमा नेवार कला, संस्कृति, भाषा र सभ्यताको ज्ञान अभिबृद्धी गर्न मिस लिटील नेवा ः आयोजना गर्दै आएको बताउनुभयो ।
नुझ गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ, पत्रकार त्रिलोचन प्रधान, पहिलो महिला वडा अध्यक्ष हसना शाक्य, चिरायु नेशनल हस्पिटलका डाइरेक्टर सञ्जीव राजभण्डारी, मिस लिटील नेवा ११४१ आर्या श्रेष्ठ र मोर्डन नेवा इंग्लिस स्कुलका डाइरेक्टर दीपक तुलाधरको विशेष आतिथ्यता तथा मिस लिटील नेवा ११४१ की सेकेन्ड रनर्सअप रिकिस्ना डंगोल, मिस ट्यालेन्टेड ११४१ नयना शाक्य मिस ट्यालेन्टेड ११४१ फस्ट रनर्सअप सिचु मानन्धर, वेस्ट नेपाल भाषा ११४१ तीषा तन्डुकार, वेष्ट नेपाल भाषा फस्ट रनर्सअप ११४१ प्रकृति महर्जन, सोसियल वेलफेयर एम्बेस्डर चिफ ११४१ डेमी श्रेष्ठ, वेस्ट ड्रेस ११४१ इभान्जली महर्जन, मिस कल्चर ११४१ वितिषा कंसाकार र कृष्टीना महर्जन तथा मिस डिसिप्लेन ११४१ सनिष्मा महर्जनको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा डिष्ट्रिक गर्भनर ३३२५एल मणीश्री रत्न बज्राचार्य प्रमूख निर्णायक तथा नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, लिपी गुठीका अध्यक्ष अनिल स्थापित, नेपाल टेलिकमका सिइओ सरोजकुमार शाक्य, साहित्यकार तथा उद्यमी अन्जना ताम्राकार, वल्र्ड नेवा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, नेपाल भाषा प्रशिक्षक राजु नापित, व्युटिसियन मञ्जु कार्की पाण्डे र फेसन डिजाइनर शोभा महर्जन निर्णायक रहनुभएको थियो ।






