गान्तोक,
चैत २२ ।
सिक्किमको गान्तोक-नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । घटनामा अन्य चार जनाको मृत्यु भएको जनाइएको छ ।
हिमपहिरोमा परी अन्य १२ जना घाइते भएको जनाइएको छ । मृत्यु हुने नेपालीहरूमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरूले जनाएका छन् । अन्य मृतकहरू भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।
स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरू सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५-६ वटा सवारी साधनसहित २०/३० जना पर्यटक पुरिएको आशंका गरिएको छ ।







