काठमाडौं,
फागुन २३ ।
दुई हप्तामा मिलियन प्लस भ्युज भएपछि गजल ‘अचानक’को सेलिब्रेसन गरिएको छ । काठमाडौंको मैतिदेवी स्थित डोरी रेस्टुरेन्टमा केक काटेर सेलिब्रेसन गरिएको हो । नेपाली सङ्गीतप्रेमी श्रोता/दर्शकलाई दिलैदेखि धन्यबाद प्रकट गर्नका लागि सेलिब्रेसन गरिएको गायक कन्हैया सिंहले बताउनुभयो ।
सञ्चारकर्मी हेम सुवेदी, निर्देशक गम्भीर बिष्ट, नायक गजित बिष्ट, सञ्चारकर्मी/निर्देशक माधव खरेल, सञ्चारकर्मी गीता अधिकारी लगायतको उपस्थितिमा ‘अचानक’ गजलको सेलिब्रेसन गरिएको थियो ।
गायक कन्हैया सिंह परियारको स्वर, डा. कृष्णहरि बरालका शब्द रहेको यो गजलले दुई हप्ताको अवधिमा मिलियन प्लस श्रोता/दर्शकको माया पाउन सफल भएको सुखद उपलक्ष्यमा धन्यबाद ज्ञापनगर्दै केक काटेर सेलिब्रेसन गरिएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिकाका अध्यक्षसमेत रहनुभएका गायक कन्हैया सिंह परियार प्रविधिको सहयोगमा जोडिनुभएको थियो । गजललाई श्रोता/दर्शनको मायाले आफू खुशी भएको सङ्गीतकार सन्तोष श्रेष्ठले बताउनुभएको थियो भने गायक सिंहले आफ्नो ३० वर्षको साङ्गीतिक यात्रामा पहिलोपटक गाएको गजल लोकप्रियताको शिखर उक्लिरहेकोमा यो क्षणलाई महत्वपूर्ण रूपमा हेरेको जनाउनुभयो ।
गजलमा राजु कार्की एरेञ्ज, कमल थापा रेकर्डिष्ट, श्यामश्वेत रसाइली मिक्सिङ एवम् मास्टरिङ छ । भिडियोमा गजित बिष्ट र अञ्जली अधिकारीको अभिनय, बुद्ध थापाको छायाँकन, सुबोल थापाको नृत्य निर्देशन, नवीन निरौलाको सम्पादन र गम्भीर बिष्टको निर्देशन छ ।






