प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं,
फागुन १५ ।

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिकतर्फबाट २०७९ सालको प्रतिनिधिसभामा निर्वाचित सदस्य एवम् बञ्चितिकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्वदायी भूमिका निभाएका शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातको कारण भक्तपुर जिल्ला अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएकोमा निधनप्रति शोकप्रकट गर्दै शोकप्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार