काठमाडौं,
माघ १३ ।
लोकदोहोरी गायक भीम पोडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका उहाँ लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । उहाँ केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी गराउनुभयो । उहाँको घरमै निधन भएको हो ।
पछिल्लो समय पौडल लाइभ दोहोरीमा लोकप्रिय हुनुहुन्थ्यो । रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको बताउनुभयो ।
गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उहाँका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ ।






