कविता : मेरो आदर्श

✍️ ज्ञानदरी कैनी
काठमाडौं
पुस २६ ।

जसलाई मैले
आदर्श मानिरहेँ
उ पैसामा बिकेको
थाहा पाएँ
नजानिदो पाराले
अपत्यारिलो उसको
मखुण्डो अनायसै
हेर्ने चाहना नहुँदा नहुँदै
देख्न पुगेँ
जसलाई मैले
आदर्श मानिरहें
उ बैंशमा बिकेको
थाहा पाएँ
छल कपट गरी
षडयन्त्रको चारो हाली
सुन्दरीहरू
वशमा पारेको
थाहा पाएँ
जसलाई मैले
आदर्श मानिरहें
उ सोमरसमा
चुर्लुम्मै डुबेको
थाहा पाएँ
लड्खडाउँदै
लर्बराउँदै
बाटो भुलेको
थाहा पाएँ
जसलाई मैले
आदर्श मानिरहें
उ जुवाडे भएको
थाहा पाएँ
सबै रित्तिएपछि
अहिले मलाई नै
दाउमा राखेको थाहा पाएँ ।

यसमा तपाइको मत

अन्य समाचार