नीर शाहद्वारा ‘अर्बिट इनरोलमेन्ट प्रा.लि.’को उद्घाटन

काठमाडौं,
पुस २४ ।

अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूलाई अध्ययन परामर्शसम्बन्धि सम्पूर्ण सेवा दिने उद्देश्यले ‘अर्बिट इनरोलमेन्ट प्रा.लि’ले आफ्नो सेवा सुरु गरेको छ । राजधानीको अनामनगरमा सञ्चालनमा आएको ‘अर्बिट इनरोलमेन्ट’को एक कार्यक्रमकाबीच वरिष्ठ चलचित्रकर्मी नीर शाह, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले उद्घाटन गर्नुभएको हो ।

अर्जुनजंग शाही, गायक बिनोद ढकाल, गायक सुमित खड्का, सञ्चारकर्मी जीपी तिमिल्सिना, कलाकार शिशिर भण्डारी, उद्घोषक सुशील नेपाल, मोडल कविता न्यौपानेलगायत पनि उक्त उद्घाटन कार्यक्रममा पुगेर शुभकामना दिनुभएको थियो । अष्ट्रेलियामा एक दशकदेखि सञ्चालनमा रहेको ‘अर्बिट अष्ट्रेलिया ग्रुप’ र नेपालमा पाँच वर्षदेखि सञ्चालनमा रहेको ‘गोविन्द एजुकेशन प्रा.लि.’लाई मर्ज गरेर ‘अर्बिट इनरोलमेन्ट’ सञ्चालनमा ल्याईएको जनाईएको छ ।

६ जनाको टिमले ‘अर्बिट इनरोलमेन्ट’ सञ्चालनमा ल्याएको हो । यसको अष्ट्रेलियामा समेत कार्यालय रहेको छ । अष्ट्रेलियामा रोजी पन्त, भानुप्रताप र अमर रसाईली रहनुभएको छ भने नेपालमा, विज्ञान कंडेल र अजेन्द्र थपलिया सञ्चालकका रुपमा हुनुहुन्छ । नेपालमा सम्पूर्ण ब्यबस्थापन जनकदीप पराजुलीले मिलाउनुभएको हो ।

संस्थाको नेपालतर्फका कार्यकारी निर्देशकसमेत रहनुभएका विज्ञान कंडेलले विभिन्न १० देशमा जान चाहने विद्यार्थीका लागि आवश्यक सेवा दिने जानकारी दिनुभयो । ‘पहिलो प्रायोरिटीमा अष्ट्रेलियामा कार्यालय रहेको हुनाले अष्ट्रेलियालाई राखेका छौं । त्यसपछि यूएसए, क्यानडा, यूके प्रायोरिटीमा राखेका छौं’ उहाँले भन्नुभयो, ‘यद्यपि, १० वटा देशकै लागि सेवा प्रवाह गर्छौ ।’ उहाँले विद्यार्थीहरूलाई परामर्श र सुरक्षित गन्तब्यको बाटो देखाउनु आफूहरूको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार