‘एक झल्को’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस २४ ।

एलिना चौहानको स्वरमा रहेको गीत ‘एक झल्को’ सार्वजनिक भएको छ । सुरज अधिकारी प्यारेको शब्द, नवीन कार्कीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बिक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा गायिका एलिना चौहानलाई नै फिचरिङ गरिएको छ । यो गीत गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेख्नुभएको हो । जोसँग उहाँले पछि विबाह गर्नुभयो । जुन गीत सुरजले प्रभाकै जन्मदिनमा सार्वजनिक गर्नुभएको हो ।

https://www.youtube.com/watch?v=rpUKJDShVcM

भिडियो गीतकार सुरजकै अफिसियल च्यानल सुरज प्रभा (एसपी) प्रोडक्सनमार्फत बजारमा आएको हो । पेशाले सिभिल इञ्जिनियर हुनुहुन्छ गीतकार सुरज । परिवारसहित क्यानडामा रहनुभएका सुरजले यसअघि ‘ए माया जूनकीरी…’ बोलको गीतको भिडियो निर्माण गर्नुभएको थियो । जसमा उहाँकै छोरी अनुसा अधिकारीको अभिनय रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार