कविता : देश बोक्ने काँध

✍️ चूडामणि देवकोटा
काठमाडौं,
पुस २१ ।

देश बोक्नु पर्ने तन्नेरी काँधले
अर्काको झोला बोक्न छाडेर
इतिहास रुपान्तरणका लागि
समयको हाँकलाई स्वीकार्दै
जोश जाँगर र आँटको
शंखनाद घन्काउँछौ भने
तिमी युवा हौ,
अगाडि उभिएर
एकपटक उँचो आवाज दिएर हेर त !

परिवर्तनको आसमा
बर्षौं देखी पर्खिबसेका
तिमीले अनुमान गरे भन्दा धेरै
लाखौं लाख युवाहरू
तिम्रो साहशलाई सम्मान गर्दै
खुसीले उर्लने छन्,
नबिर्स
युवा हुनु भनेको
उर्जावान हुनु हो
संभावनाको भण्डार हुनु हो
सौर्य र
समृद्धिको बाहर पनि हो,
असम्भवको पहाड माथि
सम्भवको ध्वजा फहराउन
तिमीले सपना देखेका छौ भने
तिम्रो चैतन्यले
उद्घोषगर्छ भने
तिमी युवा हौ ।
तिम्रो पहिचान
अमिट भएर रहनेछ ।
(सबै युवा सांसदको नाममा समर्पित)

यसमा तपाइको मत

अन्य समाचार