✍️ डा डी आर उपाध्याय
काठमाडौं,
पुस ११ ।
नेकपा एमाले सहितका पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्री हुन सफल हुनुभएको छ । आज ४ बजे उनले सफथ लिने कार्यक्रम छ । अब बन्ने सरकारले देश र जनताको पक्षमा के कति काम गरेर देखाउँछ त्यो त हेर्न नै बाँकी छ । देउवाको अहंकारले गठबन्धन भत्किएको भन्नेहरू पनि छन् भने राजनीतिमा नैतिकताको खडरी चाहिँ देखिएको छ । तर जे भए पनि आज मुलुक राजनीतिक धुर्वीकरणतर्फ अघि बढेको अनुमान लगाउन सकिन्छ । हिजो बिहानसम्म गठबन्धनकै सरकार बन्ने चर्चा थियो । तर, राजनीतिले मध्यान्हतिर अकै मोड लियो र प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए । उनलाई समर्थन गरेका सबै पार्टी सरकारमा जाने कुरा छ । समर्थन गरेका सबै पार्टीलाई प्रचण्डले कसरी मिलाएर लैजान्छन त्यो नै अग्नि परिक्षाको बिषय बनेको छ । नेताहरू सत्ताकै लागि बिगतमा झै गल्ति दोहोर्याउदै छन् । अब जनताले खवरदारी नगर्ने हो भने जे पनि हुन सक्छ । जनता सजग हुनु पर्ने अबस्था आएको छ । देश र जनताको भबिश्य दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ । अब देश र जनताको चिन्ता गर्ने नेताको खाँचो छ ।
देश र जनताको कुनै मतलव नराख्ने नेताहरूको अब भबिश्य राम्रो हुने छैन । यो कुरा बुझेर बसे हुन्छ । लामो समयदेखि नेपाली जनताले दुःख कस्ट भोग्दै आएका छन् । यो देशको भबिश्य राम्रो हुन्छ की भन्दै धर्य पनि पटक पटक गरे तर जनताले सोचे जस्तो अबस्था परिवर्तन हुन सकेन । देशमा ब्यवस्था बदलियो तर जनताको अबस्था उस्तै छ । अब प्रचण्डले जनताको अबस्थामा परिवर्तन ल्याउन सक्छन की सक्दैनन् । ब्यवस्था परिवर्तन गर्न प्रचण्डकै देन छ तर देश र जनताको अबस्था परिवर्तन भएन भने ब्यवस्था परिवर्तनको के अर्थ ? देश र जनतालाई सोचेर भाग्य र भबिश्य निर्माण गर्नु आजको आबश्यकता हो । अब मुलुक बनाउने कुरामा सबै दलहरू मिलेर अघि बढनुपर्छ । त्यसो भयो भने मात्र देश बन्छ । एकले अर्काको खुट्टा तान्ने प्रबृतिको अन्त्य गर्नुपर्छ । राजनीतिमा इमान्दारीता भएन भने देश र जनताले दुख्ख भोग्नु पर्नेहुन्छ ।
हाम्रो देशको राजनीतिमा बेइमान मात्र भइरहेको छ । सत्ताका लागि नेताहरू एक आपसमा मिल्दै जाने तर तल तलका कार्यकर्ता पानी बारा बार गरी बोलचाल नै नगरेको पाउन सकिन्छ । नेता मिले पछि सबै सकियो । यस्तो छ देशको राजनीति । हिजो ओली प्रचण्ड नमिल्दा राजनीति के भएको थियो अहिले के भयो ? यी सबै सत्ता स्वार्थका खेल हुन । जनतालाई मुर्ख बनाउने खेल राजनीतिमा देखिएको छ । नेपालको ४४ औं प्रधानमन्त्रीका रुपमा आउनुभएका ‘प्रचण्ड’ अनेक चुनौतीका बीचमा कसरी आफूलाई विगतका गल्तीबाट सिकेर सफल प्रधानमन्त्रीका रुपमा नेपालको इतिहासमा नाम लेखाउनुहुने छ त्यो आउँदा दिनहरूले बताउने नै छन् । अहिलेलाई भने उहाँलाई सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना ।






