एमालेले आज समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौं,
मंसिर २३ ।

नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने बताउनु भएको हो ।

नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरूलाई पत्र पठाउँदै तीन दिनभित्र बन्द सूचीमा रहेका नामबाट समावेशी सिद्धान्त अनुसार सांसद बन्नेहरूको नाम दिन भनेको थियो ।

निर्वाचनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेकाले निर्वाचनको मत परिणामको समीक्षासमेत हुने एमालेले जनाको छ ।

यसमा तपाइको मत

अन्य समाचार