‘डिसेम्बर फल्स’को ‘चार घण्टा कुरेको’गीतमा रोमान्टिक आर्यन र उपासना

काठमाडौं,
कात्तिक २१ ।

अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक चलचित्र ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उहाँकी प्रेमीकाको रुपमा देखिदैहुनुहुन्छ, अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी । आर्यन र उपासना पहिलोपटकसँगै अभिनीत ‘डिसेम्बर फल्स’ बर्षकै प्रतिक्षित चलचित्रका रुपमा रहेको छ । पुस १५ गते देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ‘चार घण्टा कुरेको’ बोलको प्रेमील गीतको हालै छायाँकन सम्पन्न भएको छ ।

भक्तपुर दरबार स्क्वायरमा भब्य सेट निर्माण गरि चार दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासनालाई कोरियोग्राफर रामजी लामीछानेले निकै रोमान्टिक रुपमा प्रस्तुत गरेको बताइन्छ । दीपक शर्माको शब्द र सङ्गीत रहेको गीत निशान भट्टराई र मेलिना राईले गाउनुभएको हो ।

भारतीय चलचित्र उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई युवानिर्माता रामप्रसाद रिजालले निर्माण गर्नुभएको हो । रिजालले यसअघि ‘वान डे’, ‘कसम’, धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसक्नु भएको छ । ‘डिसेम्बर फल्स’ उहाँको पाँचौ चलचित्र हो । दुई साताअघि सार्वजनीक फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको चलचित्रको टिजर केही दिनमै दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ ।

आर्यन, उपासना, सुमन थापा, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायत कलाकारको अभिनय रहेको चलचित्र रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट हुनुहुन्छ । बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको चलचित्र बनिष शाहले सम्पादन गर्नुभएको हो ।

दीपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको सङ्गीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैहुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार