✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
कात्तिक ५ ।
अहिले राजनीतिक दलहरू चुनावको बिषयलाई लिएर ब्यस्त छन् । उनीहरू सँग कुरा गर्ने फुर्सद नै छैन । यतिवेला देशभर चुनावी प्रचार ब्यापक रुपमा बढी रहेको छ । मंसिर ४ गते प्रदेश र सघिय चुनाव हुँदै छ । निर्वाचनको चटारो सबै दलहरूलाई लागेको छ । अहिले सबै दलहरू चुनावमा नै केन्द्रित छन् । जनताको मन जित्नेहरूका लागि यो चुनाव अवसर हो, जनतालाई धोका दिनेहरूका लागि यो चुनाव ठूलो चुनौती हो । दलहरू जनता प्रति त्यति गम्भिर भएको देखिएन् । यो ठूलो समस्या हो ।
देश र जनताको निम्ति राजनीति गर्छु भन्ने हरू नै बेइमान भए । यो नै समस्या हो । जनतामा बिहान बेलुकाको छाक टार्न धौ धौ परिरहेको अबस्था छ । अब मुलुक बनाउन सबै उठ्नुपर्छ । जनताका प्रतिनिधि देश प्रति इमान्दार हुनुपर्छ । जनताका प्रतिनिधि नै बेइमान भए भने देश बिग्रन्छ । आज सत्तारुढ राजनीतिक दलहरू आफ्नै बलबुतामा नभई एक अर्काको बुइ चढेर अघि बढन खोजिरहेका छन् । यो राम्रो कुरा होइन । सत्ता गठबन्धनले राजनीतिक आधार र औचित्य स्थापित गर्न सकेको अवस्था देखिदैन । त्यस कारण पनि गठबन्धन माथि गम्भिर प्रश्न उठेका छन् । वास्तवमा चुनावी सत्ता गठबन्धनको राजनीतिक र सैद्धान्तिक आधार नै छैन । यो जनतालाई भ्रम छर्ने खेल हो । चुनावी साझा कार्यक्रम र कार्यनीति सबै जनता झुक्याउने खेल भएका छन् । सत्ता गठबन्धनमा कुनै वैचारिक र राजनीतिक कार्यक्रम छैन । गठबन्धन सरकारले आजसम्म जनतालाई चित्तबुझ्दो जबाफ दिन सकिरहेको अवस्था छैन । दलहरूका यस्ता संकीर्ण स्वार्थ जनताले बुझेका छन् ।
जनतालाई चुनावले खासै आशा, उल्लास जगाउन सकेको देखिँदैन । केबल सत्ता नजिक रहेका नेता कार्यकर्ताबीच मात्र चहलपहल बढेको देखिन्छ । अन्य आमसर्वसाधारणमा चुनावी रौनक र उल्लास आएको देखिँदैन । लोकतन्त्रमा निर्वाचन भनेको चहलपहल र उल्लास आउने दिन हो । गठबन्धनको संस्कृति, उम्मेदवारको चयन, समानुपातिक उम्मेदवारका मापदण्ड यी सबै गलत छन् । जनतालाई यस चुनावले खासै आशा, उल्लास जगाउन सकेको देखिँदैन । उम्मेदवार चयनका विधि र पद्धतिमा योग्यता क्षमता हेरिएन । पैसा, परिवारवाद नातागोता चाकडी चाप्लुसीको वर्चस्व रह्यो । आज चुनावी मुद्दाले जनतामा आशा उल्लास र भरोसा जगाउन सकेको छैन । दलहरूका चुनावी मुद्दा खासै छैनन् । मुद्दाहरू पुरानै छन् ।
जसले पैसा खर्च गर्न सक्यो, उसैले चुनाव जित्छ । अबस्था यस्तो छ । जनताले सबै दलका गतिविधि र नेताहरूका क्रियाकलाप नजिकबाट नियालिरहेका छन् । सामाजिक सञ्जाललगायत विभिन्न सूचनामार्फत आफूलाई योग्य मतदाताका रूपमा परिभाषित गर्न सक्ने बनाइसकेका छन् । अब नागरिक निष्क्रिय रैती मात्र नभई विचार दृष्टिकोण स्पष्ट रूपमा राख्न सक्ने सामथ्र्यमा पुगिसकेका छन् । हरेक दलको राम्रोसँग परीक्षण गरौँ र असल उम्मेदवार छानौँ । जनताको प्रतिनिधित्व भनेको ठूला कुरा हो । चुनावमा ठूला आश्वासन, जितेपछि बेवास्ताले कार्यकता बाहेक आम मतदातामा यो चुनावले उत्साह ल्याउन सकेको देखिदैन । मतदातामा व्याप्त निराशा छ । यो व्याप्त निराशा चिर्दै आशा जगाउन सकिने भने त्यसको परिणाम गम्भिर हुने छ । समयमै सबैमा चेतना भया ।






