काठमाडौं,
कात्तिक ४ ।
बरिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत ‘यो मनभित्र तिम्रै चित्र’ सार्वजनिक भएको छ । डम्बर बिकेलको शब्द, राजु सिंहको सङ्गीत निर्देशन, गोपाल रसाइलीको एरेञ्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियो मनोरञ्जन नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । डोरेमी रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियो विजय राज भुर्तेलले निर्माण गर्नुभएको हो ।






