काठमाडौं,
असोज २७ ।
निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । निर्वाचनका लागि दर्ता भएकामध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।
प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा दुई हजार ४१२ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ जम्मा तीन हजार २२४ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभातर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला उम्मेदवार छन्। प्रदेशसभातर्फ दुई हजार ९४३ पुरुष र २८० जना महिलाले उम्मेदवारी दिएका छन्। प्रदेशतर्फ १ जना अन्यको उम्मेदवारी परेको आयोगले जनाएको छ । उम्मेदवारले बुधबार नै चुनाव चिह्न पनि पाएका छन् ।






