✍️ हिमांशु राय
बेलबारी, लक्ष्मीमार्ग, मोरङ
असोज २३ ।
धेरै समय चलिरह्यो हामीबीच युद्ध
तिमी तिम्रै तर्कमा अडिग थियौ
र,
म मेरै विचारमा
तिमी जसरी पनि चाहान्थ्यौ जित्न
म कदापी चाहान्नथे हार्न
यसरी हामीबीच दाउ पेच
अनेकन तिकडम छलछाम
हारजीतको खेल चलिरह्यो ।
हार्नु भनेको दुख्नु हो यो मेरो बुझाई
जित्नु भनेको रमाउनु त्यो तिम्रो बुझाई
म अस्तित्वको रक्षार्थ उभिने मान्छे
श्वाभिमानी ज्युँदो गाथा कुर्लने मान्छे
विरासतको फुर्ती डकार्दै
नैतिकता र ईमान बेचेर
षड्यन्त्रको माकुरी जालोमा पार्यौ
कपटको सकुनी पासा फाल्यौ
र हेर्दाहेर्दै निरीह लाचार बनायौ ।
जब शक्तिको शिहांशन प्राप्त गर्यौ
जब शामर्थ्यको अभिमानले गर्जयौ
तिम्रो अहङ्कारले बोल्यो धावा
अनि समाप्त पार्यौ
एकाएक मेरो अस्तित्व
जित्न पनि त आखिर
कसै न कसैले हार्नै पर्दोरहेछ
अन्ततः तिमीले जितेपछी मेरो हार भयो ।।






