काठमाडौं,
असोज १२ ।
सल्यानको कपुरकोटमा आज बिहान जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कपुरकोट गाउँपालिका-३ मूलपानीमा दुर्घटना हुँदा उक्त हताहती भएको हो ।
मतृकमध्ये एक महिला र सात पुरूष रहेको बताइएको छ । रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।






