काठमाडौं,
असोज १० ।
सीताराम पोखरेलको स्वरमा रहेको गीत ‘पहाडको थुम्को’ सार्वजनिक भएको छ । रुपक बनवासीको शब्द रचना र राज सागरको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा हिमालपारिको जिल्ला मुस्ताङका रमणिय दृश्य कैद गरिएको छ । गायक पोखरेलको यो २७ औं म्युजिक भिडियो हो ।
भिडियोमा गायक पोखरेल र अनु शाहलाई फिचरिङ गरिएको छ । अनिल कटवालको छायाँकन तथा सम्पादन रहेको यो भिडियोमा माया-प्रेमको कथा समावेश छ ।






