काठमाडौं,
भदौ २६ ।
डा.नवराज प्रधानको गीत ‘इलामको सम्झना’ सार्वजनिक भएको छ । नवराजकै शब्द, सङ्गीत र सुजल कर्मचार्यको एरेञ्ज तथा मिक्सिङ/माष्टरिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियो बुढा सुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । गीतमा बालापनका याद र गाउँघरको सम्झनालाई गीत मार्फत व्यक्त गरिएको छ । डा. प्रधान अमेरिकामा बसोबास गर्दै आउनुभएको छ ।






