काठमाडौं,
भदौ २५ ।
पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । स्थापनाको तेस्रो वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेशको उपलक्ष्यमा काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा वाईल्ड लाईफ फोटोग्राफर चुङ्वा शेर्पा, बागमति सफाई महाअभियानको संयोजक एवम् बाल सारथी संस्थाको अध्यक्ष डा. माला खरेल, खेलाडी तथा लङ लाईन रेस्क्यू गर्ने पहिलो नेपाली महिला फुन्जो ज्याङ्मु लामा, गीतकार पुरुषोत्तम सानु, अधिवक्ता हरिवहादुर कार्की, गायक ओम सुनार, गायिका अस्मिता श्रेष्ठ, गीतकार समिर खान लगायतलाई विषेश सम्मान गरिएको थियो ।
कला संस्कृति, गीत सङ्गीत, पर्यटन, समाजसेवालगायत विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूलाई यस संस्थाले प्रोत्साहन गर्दै आएको छ भने कला र संस्कृतिको जगेर्नाको लागि आफू र आफ्नो कार्यसमितिका सदस्यहरू अहोरात्र लागि परेको पिम नेपालका अध्यक्ष माधव खरेलले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाको महासचिव कमला जोशीले राख्नुभएको थियो । संस्थामा उपाध्यक्ष पूर्ण राई र श्रीदेव भट्टराई, सचिव राजन थापा, कोषाध्यक्ष राजन खरेल, सदस्यहरू राममणि ढकाल, सपना जोशी, गीता सिंह, रज्जु गुरुङ, शोभा जि.सी., अर्जुन खरेल, नम्रता खरेल लगायतका रहनुभएको छ ।
कार्यक्रममा कला, साहित्य, संस्कृति, चलचित्र एवम् गीतसङ्गीतका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धको विकासका लागि महत्वपूर्ण काम गर्न सकिने प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले बताउनुभयो । सरकारका तर्फबाट यसै वर्षदेखि ‘भिजिट नेपाल डिकाडे’को अभियान सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो । पिम नेपाल जस्ता संस्थाहरूले कला संस्कृति एवम् गीतसङ्गीत र पर्यटनको प्रवद्र्धनका लागि गरेका कार्यहरू पक्कै पनि देशको पर्यटन विकासका लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने प्रमुख अतिथि मन्त्री श्रेष्ठले बताउनुभयो ।
सञ्चारकर्मी तथा सङ्गीतकार सरोज कोईरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा बरिष्ठ पत्रकार एवम् गीतकार शान्तिप्रिय शान्तिप्रिय, बरिष्ठ सङ्गीतकार राजु सिंह, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठ, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला लगायतले संस्थाको कार्यलाई सह्रना गर्दै आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, गीतकार एवम् सञ्चारकर्मी सुमन बैरागी, चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुली, चलचित्र पत्रकार एवम् गीतकार डब्बु क्षेत्री, अभिनेता प्रवण भुषाल, सञ्चारकर्मी सूर्य चन्द, मिलाप फाउण्डेशनकी अध्यक्ष तथा चलचित्र पत्रकार गीता अधिकारी, डेल्फिन काउन्सिल नेपालका अध्यक्ष तथा चलचित्र निर्माता श्रीदेव विएल, साधना म्युजिक अवार्डकी अध्यक्ष एवम् गीतकार सामना शाह, गोकर्ण लामिछाने, सञ्चारकर्मी बाबुराम सिग्देल, सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ, गायिका लक्ष्मीपुरी प्रधान, चलचित्र विकास वोर्डका अर्काईभिष्ट एवम् अन्तर्राष्ट्रिय सुचना अधिकारी चिरञ्जिवी गुरागाई लगायतको कार्यक्रममा सहभागिता थियो ।






