प्रतिनिथि सभा सदस्यका लागि निर्माता तथा निर्देशक दिनेशले पाँचथरबाट उम्मेदवारी दिने

काठमाडौं
भदौ २५ ।

आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा निर्माता तथा निर्देशक दिनेश लिङ्देनले एक मात्र संघीय क्षेत्र रहेको पाँचथर जिल्लाबाट प्रतिनिथि सभा सदस्यका लागि उम्मेदवारी दिनुहुने भएको छ । निर्माता तथा निर्देशक लिङ्देनले सीप– योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्य उपचार भन्ने मुख्य एजेन्डा लिएर पाँचथरबाट संघीय सांसदका लागि उम्मेदवारी दिने जानकारी गराउनुभएको हो ।

लिङ्देन लामो समय नेकपा माओवादीको विभित्र संगठनहरूको केन्द्रीय कमिटिमा रहेर काम गरिसक्नुभएको छ । ‘माओवादीलगायत अन्य सबै राजनीतिक दलका नेतृत्वहरू देश र जनताभन्दा पनि सत्ता र स्वार्थमा मात्र बढी केन्द्रित रहेकोले अब उनीहरूबाट कुनै सम्भावना छैन’, उहाँले भन्नुभयो, ‘पाटीको कार्यकर्ताका नाममा राजनीति दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकोले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’

उहाँले पाँचथर र पाँचथरवासीका लागि निस्वार्थ भावसहित सांसद वा माननीय नभई एउट सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारी दिएको दाबी गर्नुभयो । दिनेशले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका एक दर्जन बढी चलचित्र निर्देशन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार