काठमाडौं,
भदौ २१ ।
स्वस्तिका ढकालको स्वरमा रहेको गीत ‘सम्हाल्दा सम्हाल्दै’ सार्वजनिक भएको छ । सुशिला पौडेल को शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शयनम अधिकारले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र निया तामाङको अभिनय छ । पवन सुस्लिङको छायाँकन सम्पादन रहेको गीतलाई श्रुती केसीले निर्माण गर्नुभएको हो । गीतको भिडियो श्याम कार्की युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






