✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
भदौ १९ ।
खुलामञ्चभित्रको बसपार्क
छेउछाउमा उभिएका
भोका मान्छेहरू
सडकमा लस्करै थचक्क बसेका छन् ।
सबैजसोको अनुहार उदास छ ।
थकित र भोकले गलेका छन् ।
छेवैमा वीर अस्पतालको गेट छ ।
नजिकै त्यस्तै करिब दुईसय जना लस्करै
धुले भुइँमा थचक्क बसेका छन् ।
निषेधाज्ञाका कारण
कामविहीन भएका
भोका मान्छेहरू
भोकभोकै परेका छन् ।
सहर सुनसान छ ।
रत्नपार्कको छेउमा
निषेधाज्ञामा त्यतिका धेरै मान्छे
कुनै जुलुस वा धर्ना गर्न भेला भएका होइनन् ।
काठमाडौंका विभिन्न ठाउँबाट
प्रहरीको आँखा छल्दै उनीहरू भोक मेट्न आएका छन् ।
टन्टलापुर घाम बिस्तारै ओइलाउँदै छ ।
तीन लहरमा बसेर खाना खाइरहेको
यो हूलभन्दा परतिर
अर्को त्यस्तै हूल जम्मा भइसकेको छ ।
कागजको प्लेट समातेर खानाको
प्रतीक्षामा बसेका भोका मान्छेहरू
गरिबीका कारणले अब कोही भोकै बस्नै पर्दैन,
भोकै मर्नुपर्दैन,
कसैलाई पनि भोकै मर्न दिइँदैन,
जाडोले कठ्यांग्रिएर कोही पनि मर्नुपर्दैन, भन्र्नेहरू हो,
एकपटक सडकमा आएर त हेर ।
भोक कस्तो हुन्छ ?
‘बिगत लकडाउनको सम्झनामा’






