नाटक ‘असुर’ मञ्चन

काठमाडौं,
भदौ १७ ।

नाटक ‘असुर’ को मञ्चन भएको छ । बुधबार ओजस थियटरमा नाटकको घुम्टो खोलिएको हो । विवेक न्यौपाने ९घने०ले निर्देशन गरेको नाटकले शक्ति प्राप्तका लागि भोको व्यक्तिको कथा भन्छ ।

रविन दोङको लेखन रहेको नाटकले पितृसतात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने कुरा समेटेको छ । राजन कार्की र शंकर कार्कीले निर्माण गरेको नाटकमा सुचित्रा उप्रेती, सागर कार्की, प्रल्हाद खरेल, केशव सिंह ठगुन्ना, प्रतिक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, वीरेन्द्र सिंह कुसवाहा, अश्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंशा गहतराज र शुक्रराज मगरको अभिनय छ ।

भदौ १५ देखि मञ्चन सुरु भएको नाटक असोज ८ सम्म चल्नेछ । काठमाडौं महानगर वडा नम्बर(९ स्थित रातोपुलमा सञ्चालित ओजस थियटरमा बिहीबारबाहेक हरेक दिन साँझ ५ः३० बजे नाटक सुरु हुनेछ । शनिबार भने दिउँसो १ बजे मञ्चन हुनेछ । चेतना सापकोटा कार्कीको सहनिर्माण रहेको नाटकका कास्टिङ डिरेक्टर सुरेन्द्र क्षेत्री हुनुहुन्छ । यस्तै, भेषभूषामा निशा गिरी, गंगा मगर र अश्मिता ढकाल, ध्वनि सम्पादनमा विवेक न्यौपानेले प्रकाश परिकल्पनामा उदीप शिवाकोटी, मञ्च परिकल्पनामा रविन दोङ र मञ्च व्यवस्थापनमा सुरेन्द्र क्षेत्री(शेखर दाहाल हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार