‘समायोजन’ सार्वजनिक

काठमाडौं,
साउन २६ ।

गायक दीपक लिम्बुले नयाँ एलबम ‘समायोजन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । डम्बर नेपालीको एकल शब्द तथा सङ्गीत रहेको एल्बममा चार वटा गीत छन् । गीतमा गायक लिम्बुलाई गायिका त्रिशाला गुरुङले साथ दिनुभएको छ ।

‘समायोजन’ को निर्माण तथा व्यवस्थापन रुकमान लिम्बुले गर्नुभएको हो । रुबुषा क्रियटिभ वक्र्सको प्रस्तुति रहेको एल्बममा समावेश एक गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

कार्यक्रममा ‘नढाँटन हौ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । युवराज वाइवाले निर्देशन रहेको भिडियोमा गायक दीपक र इशिका लिम्बुलाई फिचरिङ गरिएको छ । महेश पौडेलले छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन र लोमस पौडेलले सहायक निर्देशन छ ।

यसमा तपाइको मत

अन्य समाचार