भुवन केसीद्वारा पदभार ग्रहण

काठमाडौं,
साउन ११ ।

अभिनेता भुवन केसीले चलचित्र विकास बोर्डको चाबेलस्थित कार्यालमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । बोर्डका नवनियुक्त अध्यक्ष भुवनले बुधबार पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।

नवनियुक्त अध्यक्ष भुवनले दुई वर्ष बोर्डको नेतृत्व सम्हाल्नुहुने छ । दयाराम दाहालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्त गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार