काठमाडौं,
असार ३२ ।
लघुचलचित्र ‘मिरा’को ट्रेलर सार्वजनिक भएको छ । समलिङ्गी प्रेम कथामा आधारित लघुचलचित्र ‘मिरा’को ट्रेलर सार्वजनिक गरिएको हाृ , युट्युब च्यानल अश्भी फिल्म्समार्फत सार्वजनिक गरिएको ट्रेलरलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गर्नुभएको हो । पण्डितको यो डेब्यु चलचित्र हो ।
पेशाले सफ्टवेयर इन्जिनियर रहेतापनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस चलचित्रको निर्माण गर्नुभएको हो । चलचित्रमा उहाँ कलाकारको रूपमा पनि देखिनुभएको छ । उहाँलाई अभिनयमा कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले साथ दिनुभएको छ ।
अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ् गर्नुभएको छ भने फिल्मको साउन्ड डिजाइन सन्जल भण्डारीको छ । चलचित्रमा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिनुभएको छ ।






