गुरु महिमा

✍️ पुष्प शर्मा
सिङ्ताम, सिक्किम ।
असार २९ ।

पाइला अघि के बढ्लान् सन्मार्ग दिने नभए,
मस्तिष्क विकसित के हुने शास्त्र सिकाउने नभए ।

ज्ञानको मूल सुक्दैन पानीको बरू सुक्दछ,
गुरुकै सामु आएर धनुझैँ शिष्य झुक्दछ ।

च्याती अज्ञानको पर्दा प्रेरणादीप बाल्दछ्न्,
मूर्खको चेत खुलेमा ढुङ्गाले बोल्न थाल्दछन् ।

हिँड्दछ यो अक्षरको यात्री टिप्दै चरणधुली पनि,
गुरुको मान घट्दैन सृष्टि अन्त्य भए पनि ।

गुरुवाणी सदा ब्रह्मविद्यासरि लाग्दछन्,
शिक्षा नै प्राण हो भन्दै ज्ञानधारा बगाउँछ्न् ।

यस षठको मनमा गुरु व्याप्त भई बस्दछन्,
पृथ्वीमाथि आकाश ढाकिएसरि गुरु छाउँदछन् ।

यसमा तपाइको मत

अन्य समाचार