काठमाडौं,
असार २० ।
प्रताप दासको स्वरमा रहेको गीत ‘माया…’ सार्वजनिक भएको छ । गीता गीरीको शब्द, मनोज चौलागाईंको सङ्गीत संयोजन र बिनुसा राईको अतिथि स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
केशवराज भट्टको निर्देशन रहेको रोमान्टिक गीतको भिडियोमा प्रिन्स चौहान, समरिका ढकाल र प्रकाश गिरीको अभिनय छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा दिनशोन शाहको सम्पादन छ ।






