मन्त्रिपरिषद् पुनर्गठन : जसपाका तीन मन्त्री हटाइए, तीन थपिए

काठमाडौं,
असार २० ।

मन्त्रिपरिषद पुनर्गठन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको छ ।

राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार आज (सोमबार) ४ बजे नयाँ मन्त्रीको सपथको समय तय भएको छ । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।

जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएको छ । महिन्द्रराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उहाँहरूलाई नियुक्त गरिएको हो ।

यसअघि एकीकृत समाजवादी पार्टीले पनि आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्री परिवर्तन गरेको थियो । ​प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार