तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन सम्पन्न

काठमाडौं,
असार १५ ।

तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन सम्पन्न भएको छ । काठमाडौंको जमल स्थित नाचघरमा वन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ । कार्यक्रममा तामाङ चलचित्र संघका पुर्व अध्यक्ष जेनिश दोङ, तामाङ चलचित्र संघका उपाध्यक्ष जयनकुमार मोक्तान, तामाङ चलचित्र संघका उपाध्यक्ष दिपक तामाङ लामा, जन्ता समाजबादी तामाङ संघका महासचिव कान्छामान तामाङलगायत विभिन्न संघ सस्थाका प्रतिनिधिको अतिथ्यता रहेको थियो ।

जेनिश दोङको निर्वाचन मण्डल संयोजक र जयनकुमार मोक्तान, दिपक तामाङ लामा निर्वाचन मण्डल सदस्य रहेको अधिबेशनबाट अध्यक्ष आस्मान वाइबा, बरिस्ठ उपध्यक्ष धुर्ब सिंह तामाङ, उपध्यक्ष अनिता नेगि तामाङ, उपध्यक्ष राजकुमार मोक्तान, महासचिव दावा फिन्जो तामाङ, सचिव करण तामाङ, सहसचीव हिरोज लोप्चन तामाङ, कोष अध्यक्ष सुस्मिता घलान, सहकोष अध्यक्ष राखिन्द्र कुमार तामाङ सदस्यहरू कुमारी माया घलान, रिजन लामा, आइसिंङ तामाङ, गंगा योङ्जन, बिना तामाङ, अमर पाखृन तामाङ, स्याम माया तामाङ, रोसन तामाङ सन्देस तामाङ, शान्ति कुमारी डिम्डुङ, मिङ्मर योङ्जन निर्बिरोध निर्वाचित हुनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार