काठमाडौं,
असार ५ ।
काठमाडौं महानगरपालिकाको आज नीति तथा कार्यक्रम सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो ।
नीति तथा कार्यक्रम बनाउन तीन सदस्यीय समिति बनाइएको थियो । महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षको समेत भावना र सुझावलाई समेटेर नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ ।






