असार ३१मा ‘सिल्ली फो’

काठमाडौं,
जेठ २९ ।

नेपाली चलचित्र सिल्ली फो असार ३१ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । आइतवार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा यसबारे जानकारी गराइएको हो ।

राज बहादुर साने निर्देशित कमेडी जनरामा निर्माण भएको यो चलचित्रमा केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बरबहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्मा, सरस्वती रम्जाली मगरलगायतको अभिनय छ ।

चलचित्रमा चार जना बदमास पात्रको कथा समेटिएको छ । चलचित्रमा आफ्नो भुमिका स्ट्रगल कलाकारको रुपमा रहेको नायिका अधिकारीले सुनाउनुभयो । आफूले गरेकै अनुभवलाई चलचित्रमा अभिनय गर्न सहज भएको उहाँको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा कलाकार रविन्द्र झाले चलचित्र खेल्दा नै रमाइलो लागेको बताउनुभयो । उहाँले कथामा चार सिल्ली को रहेछन् भन्ने कुरा महत्वपूर्ण रहेको सुनाउनुभयो । त्यस्तै वरिष्ठ कलाकार राजाराम पौडेलले चलचित्रको अभिनय गर्दा रमाइलो अनुभव भएको बताउनुभयो ।

मनोज डिके निर्माता रहेको चलचित्रका सहनिर्माता विशाल श्रेष्ठ हुनुहुन्छ । दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स रहेको छ चलचित्रमा । यसलाई सुनील मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।

नेपालगञ्ज आसपासका स्थानमा छायांकन गरिएको यो चलचित्रको सहायक निर्देशकमा विशाल बराल र केशव शर्मा रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार