काठमाडौं,
जेठ २१ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्र ‘सर्वजित’को शुभमुहूर्त गर्नुभएको छ । दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुने चलचित्रको प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार शुभमुहूर्त गरिएको हो ।
दलित महिला केन्द्रले निर्माण गर्ने चलचित्रलाई दिनेश डीसीले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रमा एनवी महर्जनको द्वन्द्व , एलिस कार्कीको पार्श्व सङ्गीत रहने छ ।चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ ।
पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा पाँच महिनाको तलब सहयोग गर्ने बताउनुभएको छ । शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने जनाउनु भएको हो ।






