सगरमाथाको आधारशिविरमा ‘जलवायू परिर्वतन सम्बन्धि शिखर सम्मेलन’सम्पन्न

सोलुखुम्बु,
जेठ १६ ।

विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थान सगरमाथाको आधारशिविरमा ‘जलवायू परिर्वतन सम्बन्धि शिखर सम्मेलन’सम्पन्न गरिएको छ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९)को अवसरमा आधारशिविर ९५,३६४ मिटर उचाईमा वर्तमान परिस्थितीमा जलवायु परिर्वतन र त्यसको असर न्यूनिकरणका सवालमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकी वातावरण वैज्ञानिकहरूको सहभागीतामा सम्मेलन सम्पन्न गरिएको विश्व किर्तिमानी समाजका अध्यक्ष सञ्च राईले जानकारी दिनुभयो ।

सम्मेलनमा यूनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट यूनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको प्रत्यक्ष सहभागीता थियो । उहाँहरूले विश्वमा जलवायू परिर्वतनको वर्तमान अवस्था, प्रभाव र न्यूनिकरणका सवालमा प्रतिवेदन पेश गर्नुभएको थियो ।

पहिलो पटक वातावरण वैज्ञानिकहरूको सहभागीतामा आधारशिविरमा प्यानल अन्तरक्रिया आयोजना गरेर जलवायू परिवर्तनको सवालमा विश्व राष्ट्रको ध्यानाकर्षण गराउन आयोजित सम्मेलन सफलतापूर्वक सम्पन्न भएको सम्मेलनका संयोजक तथा सोसाइटीका सचिव पुर्ण राईले जानकारी दिनुभयो ।

सम्मेलनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनबाट विदाई भएको टोलीमा विश्व कीर्तिमानी समाजका उपाध्यक्ष टेकबहादुर राई र कोषाध्यक्ष बुद्धिराज राईको पनि सहभागीता थियो । सम्मेलन व्यवस्थापनमा सेभेन समिटले सहयोग गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार